नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न भारतीय सेनाका स्थलसेनाध्यक्ष नरावणे नेपाल आउने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २८ बुधबार
490
Shares
काठमाडौं । भारतीय सेनाका स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरावणे कार्तिकमा नेपाल आउने भएका छन् । नरावणे नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरावणेलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेना र भारतीय स्थल सेनामा एक देशको सेना प्रमुखलाई अर्को देशमा मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहि आएको छ ।
विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कार्तिक महिनामा हुने तय भएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। मन्त्रिपरिषदको २०७६ माघ २० गतेको वैठकले नरावणेको नेपालमा हुने कार्यक्रमलाई स्विकृत गरेको थियो।