arrow

किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष रहेका प्रसाईँको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
rambabu-prasain.jpg

झापा । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को संक्रमणबाट शुक्रबार निधन भएको छ ।काठमाडौंको ओम अस्पतालमा शुक्रबार अपराह्न १:३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको  हो । 

श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उन विसं  २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए । 

विसं  १९७८  माघ १५ गते जन्मनुभएका उन पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३  कात्तिक १६ गते मेलमिलापको नीति लिएर  कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसार्इँ निर्वासनबाट स्वदेश फर्किएका थिए ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा  कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा  स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भएका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उनले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे । 

उनका पत्नी,  तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् । कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए ।  उनको निधनमा कांग्रेसका प्रवक्ता  शर्माले शोक व्यक्त गर्दै ट्वीट गरेका छन्।

 ‘‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उन जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष थिए”,  कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘‘शान्ति मिलोस् उनको आत्मालाई स्वर्गमा ।’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ