सभामुखको आडमा फरार रहँदै आएका रमेश बैकिङ कसुरमा पक्राउ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
668
Shares
काठमाडौं। पाटन उच्च अदालतले २०७६ मंसिर १६ गते १५ लाख जरिवाना सहित जेल सजाँय सुनाईएका सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका वडा नं ४ कुविन्डे निवासी रमेश सापकोटालाई बैकिङ कसुर गरेको अभियोगमा प्रहरी निरीक्षक रमेश लामाको टोलीले यही असोज १४ गते पक्राउ गरेको छ ।
सभामुख अग्नि सापकोटाका भाई पर्ने रमेशलाई राजनीतिक आडमा सिन्धुपाल्चोक प्रहरीले हालसम्म पक्राउ गर्न सकेको थिएन । अहिले पनि उनलाई जेलमुक्त गर्न सभामुख सापकोटा र उनका भतिज नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा "सुवोध" लागिपरेको नेकपाकै एक जिल्ला नेताले बताएका छन् ।
खानी निर्माण सेवाका प्रोपाईटर रत्न गौतमको बैनी ज्वाइँ पर्ने रमेश सापकोटाले विद्यालय र सडक निर्माण जस्ता विकास निर्माणका कामहरुमा मापदण्ड अनुसार काम नगरेको र कामदार तथा श्रमिकहरुलाई भुक्तानी नदिएको स्थानीय जनगुनासो रहेको छ ।