arrow

आइतबार प्रदेश १ मा सबैभन्दा बढी कोरोना मुक्त

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
corona-test.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा  १७९ जना कोरोना संक्रमित थपिएका छन् भने सोही अवधिमा आइतबार सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आइतबार थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।

नयाँ संक्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा संक्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । 

सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ