arrow

मनमायाको घरभित्रै रहस्यमय हत्या, तालिम प्राप्त कुकुर झिकाइ अनुसन्धान

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ असोज १३ मंगलबार
gauradaha-case.jpg

झापा । झापा जिल्लाको गौरादह नगरपालिका वडा न १ जानकेस्वोर टोलमा हिजो सोमबार आफ्नै घरमा रहस्यमय ढंगले हत्या गरिएको अवस्थामा एक महिला फेला परेकी छ्न । हत्या गरिएको अवस्थामा फेला परेकी करिब ६५ वर्षीया पार्वता भनिने मनमाया भण्डारीको हत्यारा पत्ता लगाउन प्रहरीले हाल अनुसन्धानलाई तिब्रपारेको छ । हत्या भएको मृतकको घरलाई प्रहरीले सिल गरि अनुसन्धान गरिरहेको छ ।

मृतकको घरमा लुगा धोएर सुकाएको अवस्थामा लुगाहरु भेटिएपछि घटना थप रहस्यमय बनेको छ । सो प्रकृती हेर्दा हत्याराले हत्याको प्रमाण मेटाउन प्रयत्न गरेको जस्तो देखिन्छ । घटनाको विषयमा हाल मृतकको श्रीमानसँग प्रहरीले सोधपुछ गरिरहेको प्रहरी श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार प्रहरी हत्यारा नजिक पुगेको बताइएको छ ।

सोमबार दिउँसो हत्या गरिएकी भण्डारीको शव हात बाँधेर खाटमुनी राखिएको अबस्थामा फेला परेको थियो । घटनास्थल गौरादह नगरपालिका वडा नम्बर १ स्थित गौरादह बजारबाट करिब दुइ सय मिटर पुर्व पर्ने आफ्नै घरमा महिलालाई घरभित्र मृत अवस्थामा भेटिएको थियो । निज महिला आफ्ना श्रीमान् भीम भण्डारीसँग विहान ११ वजेतिर कमल गाउँपालिका १ ढ्यांग्री अवस्थित घरबाट त्यहा आएको र श्रीमान अन्यत्रै गएको अबस्थामा हत्या भएको भनि प्रारम्भिक अवस्थामा प्रहरीमा खबर गरिएको थियो । श्रीमान दिउँसो साँढे ४ बजेतिर घर फर्किए पश्चात घटनाबारे जानकारी बाहिरिएको थियो ।

घटना बाहिरिए लगत्तै स्थानीयले प्रहरीलाई जानकारी गराइएका थिए । घटनाको प्रकृति हेर्दा हत्या गरिएको अवस्थामा मृतकको टाउकोमा चोट लागेको र घटना स्थलमा रगत लतपतिएको अबस्थामा देखिएको प्रहरीले जानकारी दिएको छ । घटनाको प्रकृति हेरेपश्चात् प्रहरीले अनुसन्धानका लागि धरानबाट लैला नामको तालिम प्राप्त कुकुर झिकाइ हिजो सोमबार राति करिब ८ बजे बाट कुकुरले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा घटना स्थलबाट करिब दुई किलोमिटर पुर्व किस्ने खोलाको पुल सम्म लैला पुगेपछि अलमलिए पश्चात् अनुसन्धानमा चुनौती थपिएको थियो । त्यसपश्चात् सबलाई पोष्ट मार्टमका लागि राती ११ बजेतिर धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटनास्थल नजिक प्रहरीले मृतकका श्रीमान भिम भन्डारिको नागरिकता र बैंकको चेक फालिएको अवस्थामा फेला पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ