arrow

‘सिसौको रूख कटानमा आफ्नो संलग्नताको प्रमाण पुर्याए सजाय भोग्न तयार छु’ : प्रदेश सांसद प्रधान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
brikha-pradhan-photo.jpg

अर्जुनधारा । प्रदेश सभा सदस्य बृृखबहादुर प्रधानले रुख काटिएको विषयमा आफ्नो संलग्ननता पुष्टि गर्न चुनौती दिएका छन् ।

पत्रकार सम्मेलन गरी प्रधानले आफ्नो संलग्नता पुष्टि भए कानुन अनुसारको कारबाही भोग्न तयार रहेको बताएका हुन् ।

झापाको अर्जुनधारास्थित सुखानी शहिद उद्यान केन्द्र भित्रका तीनवटा सिसौका रुख काटिएको विषयमा प्रदेश सांसद प्रधानको संलग्नता रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रशारण भएको थियो । ती सबै समाचारप्रति सांसद प्रधानले आपत्ति जनाएका छन् ।

राजनीतिक प्रतिशोध साँधेर चरित्रहत्या गर्ने गरी समाचार लेखिएको प्रति सांसद प्रधानले असहमति प्रकट गरे ।

उनले उद्यान भित्रका रुख काटिएको विषयमा आफूलाई जबर्जस्ती मुछ्ने प्रयास गरेको जिकिर गरे ।

सुखानी सहिद उद्यान केन्द्रको संरक्षण र व्यवस्थापनमा तीन कार्यकाल अध्यक्ष भएर काम गरेका प्रधान आफ्नो बद्नामी गर्ने नियोजित उद्देश्यमा कोही पनि सफल नहुने बताउँछन् । उनले रूख कटानको विषय छानबिन गर्न तयार रहेको भन्दै आफू भागेर नजाने बताए ।

उनले आफ्नो नाम जोडेर भ्रमपूर्ण प्रचार बाजीमा उत्रिनेहरुमाथि कारबाहीको पनि माग गरेका छन् ।

उनले आफ्ना मतदातालाई भ्रममा नपर्न र कुनै विषय अस्पष्ट भए आफूलाई सिधै सम्पर्क गर्न अनुरोध गरेका छन् ।

रुख हामीले काटेका हौं: उद्यान समिति

सहिद स्मृति उद्यान परिसरभित्र रुख काटिएको विषयमा उद्यान समितिले मुख खोलेको छ ।

उसले उद्यान परिसरभित्र कछुवा संरक्षण केन्द्रलाई क्षति पुग्ने गरी जोखिम अवस्थामा रहेका सुकेका तीनवटा सिसौका रुख आफैले काटेको जनाएको हो ।

सुकेका रुखका कारण कछुवा लगायत घेराबारा र भौतिक संरचनालाई क्षति पुग्ने देखिएपछि तत्कालका लागि तीन वटा रुख काट्नु परेको उद्यान समितिले जनाएको हो ।

निरन्तरको हावाहुरीका कारण संरक्षित क्षेत्रमा क्षति पुग्ने भएपछि आवश्यक प्रक्रिया पुरा गर्नु अगावै जोखिम अवस्थामा रहेका रुख काट्नु परेको समितिको निर्णयमा उल्लेख छ ।

अरु जोखिम अवस्थाका रुख पनि काट्नुपर्ने भएकाले आवश्यक कानुनी प्रक्रियाका आधारमा ती रुख काटिने उद्यान समितिले निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ