डा केसीको सत्याग्रहको विरोध गरेबापत योगेश भट्टराईलाई मन्त्री पदको बक्सिस –संग्रौला
प्रकाशित २०७७ असोज ७ बुधबार
560
Shares
काठमाडौं । राजनीतिक विश्लेषक एवं साहित्यकार खगेन्द्र संग्रौलाले पर्यटन मन्त्री योगेश भट्टराईलाई सत्याग्रही डा गोविन्द केसीको विरोध गरेवापत मन्त्री पदको बक्सिस पाएको भनी टिप्पणी गरेका छन् ।
बुधबार बिहान सामाजिक संजाल ट्वीटरमा उनले मन्त्री भट्टराईले डा केसीमाथि लगाएको आरोपपछि प्रतिक्रिया दिने क्रममा मन्त्रीपद बक्सिसबापत पाएको बताएका हुन् ।
डा केसीको सत्याग्रहलाई ‘इमोशनल ब्ल्याकमेलिङ’ भनी मन्त्री भट्टराईले टिप्पणी गरेपछि संग्रौलाले पनि प्रहार गरेका हुन् ।
उनले लेखेका छन्, ‘माननीय पर्यटन मन्त्री योगेश भट्टराईले डा केसीको सत्याग्रहलाई ‘इमोशनल ब्ल्याकमेलिङ’ को संज्ञा दिएछन्। स्मरण रहोस्, मान्यवर, विरलाकोटी प्रतिभाका धनी योगेश महोदयको लाभदायक मन्त्री पद डा केसीको सत्याग्रहको विरोध गरेबापत पाएको बक्सिस हो। किमधिकम् ?’