arrow

प्रदेश १ मा थपिए ११९ संक्रमित

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
corona-test-kit.jpg

विराटनगर । प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोनाबाट संक्रमित भएका छन् जसमा ५३ महिला र ६६ पुरुष छन् । संक्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश  बाहिरका एकएक जना छन् ।
 
मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित भएका छन् । सोमध्ये ४३ महिला र ५४ पुरुष छन् । 
    
प्रदेशमा हालसम्ममा कोरोनाबाट संक्रमितको सङ्ख्या पाँच हजार ६९३ पुगेको छ भने  अहिलेसम्ममा दुई हजार ५५२ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७६ जना सहित हालसम्ममा एक लाख १६ हजार ५५२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ