arrow

चौधरी ग्रुपद्वारा ब्ल्याक प्लस डिकरको बिक्री वितरण सुरु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
B+D-COLLAGE-cg.jpg

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले अमेरिकन ब्राण्ड ब्ल्याक प्लस डिकरका घरायसी सामानको बिक्री वितरण सुरु गरेको छ ।

सीजीले शुक्रबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै ब्ल्याक प्लस डिकरको बिक्री वितरण सुरु गरेको हो ।

चौधरी ग्रुप अन्तरगत सीजी इम्प्लेक्सले बी प्लस डीका घरायसी सामाग्रीको बिक्री वितरण गर्ने सीजी कम्पनीले जानकारी दिएको छ ।

घरायसी सामाग्रीहरुमा स्ट्रीम आइरन, ग्रिन्डर मिक्स, राइस कुकर, गार्मेन्ट स्टिमर, स्याण्डवीच मेकर, हिटर, माइक्रो ओभन, ओटिजी जस्ता सामान रहेका छन् ।

यी घरायसी सामग्रीमा बी प्लस डी ब्रान्ड विश्वभरि नै ग्राहकको उच्च रोजाईमा पर्ने सामग्री रहेको सीजीको दावी छ ।

नेपालमा पनि सबैले यी घरायसी सामाग्री रुचाउने विश्वास कम्पनीले लिएको छ । विगत ४ दशकदेखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्रान्डको बिक्री वितरण गर्दै आइरहेको छ।

ब्ल्याक प्लस डिकर एउटा प्रतिष्ठीत अमेरिकन ब्राण्ड हो । सिजीको सिजी इम्पेक्स कम्पनीसँगको सहकार्य र साझेदारीमा बिक्री वितरण सुरु गरिएको हो । शुक्रबार गरिएको भर्चुअल प्रेस कन्फ्रेन्समा सिजी इम्पेक्सका तर्फबाट सिनियर पदाधिकारीहश्रको उपस्थिति रहेको थियो ।

साथै ब्ल्याक प्लस डिकर इन्डियाबाट निलान्जन भट्टचार्य (निर्देशक, साउथ एसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट) ले पनि भर्चुअल माध्यमबाटै सिजी इम्पेक्स र ब्ल्याक प्लस डिकर कम्पनीको बीच भएको साझेदारीका बारेमा जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ