बाँके प्रहरीले पक्राउ गर्यो १० किलो अफिमसहित दुई जना कारोबारी
सौरभ गिरी,
प्रकाशित २०७७ भदौ २९ सोमबार
435
Shares
नेपालगञ्ज । बाँके प्रहरीले १० किलो लागूऔषध अफिमसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका १ कुसुमबाट १० किलो अफिमसहित रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नम्बर १९ का बसन्त घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा मंगलबार पत्रकार सम्मेलन गरेर लागूऔषध अफिमसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको हो । कुसुम बजारमा हिंडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० पोका अफिम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
दाङबाट अवैध लागू पदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टोलीले कुसुम बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।