arrow

सुपमा ११३ प्रहरी संक्रमित : प्रदेश १, २ र कर्णालीमा यस्तो

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं १ मा आइतबारसम्म एक लाख सात हजार ५३३ जनाको पिसिआर परीक्षण  भएको छ । उक्त परीक्षणमा चार हजार ७४२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।
    
प्रदेशमा गत २४ घण्टाका अवधिमा ४६ संक्रमित थपिएका छन् । उक्त अवधिमा ५४७ जनाको परीक्षण गरिएकामा २० महिला र २६ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
    
प्रदेशमा आइतबार सात संक्रमित निको भई घर फर्केका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट  निको भएका हुन् । प्रदेशमा निको हुने संक्रमितको सङ्ख्या दुई हजार ६३ पुगेको छ ।

जनकपुर–प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३८ नयाँ संक्रमित थपिएका छन् । 
सो अवधिमा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । प्रदेशभरमा मृतकको सङ्ख्या १०९ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको सङ्ख्या अब ११ हजार ८८३ जना पुगेको छ । तीमध्ये ५३ जना उपचार गराई आइतबार निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म ६ हजार ३६४ जना निको भएर घर फर्केका छन् । 

यस प्रदेशअन्तर्गत आठवटै जिल्लामा आइतबार ६२५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यससमेत गरी अहिलेसम्म एक लाख १० हजार ७६२ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा ९४ हजार ५२५ जनाको रिपोर्ट नेगेटिभ आएको र चार हजार ३५४ जनाको  आउन बाँकी  छ ।
प्रदेशअन्तर्गत १७० क्वारेन्टिनमा आइतबारसम्म ४३० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४७५, आइसोलेशनमा ८६० र होम आइसोलेशनमा चार हजार ५३० जना बसेका छन् ।

कर्णाली– कर्णाली प्रदेशमा  संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ५०५ पुगेको छ ।  आइतबार एकैदिनमा कर्णालीमा ११० जना डिस्चार्ज भएसँगै कुल संक्रमितमध्ये करिब ९० प्रतिशत कोरोना जितेर घर फर्केको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।      
आइतबार १० व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ७८६ पुगेको छ । दुई सय ४५ संक्रमितको यहाँका विभिन्न आइसोलेशनमा उपचार भएको बताइएको छ । अधिकृत कँडेलका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ मै स्थिर छ । 

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७६जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ । 

यससँगै प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ३३५पुगेको छ । सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक  संक्रमितको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उनको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । 

  हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछाममा एक जनासमेत ११ जनाको मृत्यु भएको छ । यही भदौ १० गते यता कोरोना भाइरसको मृत्यु दर स्थिर छ । 

 यसैबीच धनगढीस्थित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयका २४ र प्रदेश प्रहरी कार्यालयका चारसमेत आइतबार थप २८ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले प्रदेशमा हालसम्म ११३  प्रहरी संक्रमित भएकामा ३४ जना उपचारपछि डिस्चार्ज भएको बताए । 

 बाँकी संक्रमित ७९ जनाको धनगढीस्थित प्रहरीको आवासीय विद्यालयको आइसोलेशनमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।  संक्रमित महिला प्रहरीलाई भने धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गरेको महिलाको छुट्टै आइसोलेशनमा राखेर उपचार गरिएको छ । 

हालसम्म बझाङ र दार्चुलाका एकएक प्रहरी र कैलाली जिल्लामा खटिएका अधिकांश प्रहरीमा कोरोना संक्रमण भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने ‘‘सशस्त्र प्रहरी गण ‘रिजर्भ फोर्स‘का रुपमा रहेकाले अहिलेसम्म सुरक्षा व्यवस्थापन र अप्रेशनको काममा त्यति ठूलो प्रभाव परेको छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ