arrow

कोरोना संक्रमण : प्रदेश १ मा १२१ थपिए, गण्डकीमा २२ को मृत्यु, कर्णाली र २ मा यस्तो

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
corona-test-kit.jpg

विराटनगर । प्रदेश नं १ मा गत २४ घण्टाको अवधिमा १२१ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा ९३० जनाको पिसिआर परीक्षण  गरिएका मध्ये  ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा एक र प्रदेश बाहिरका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । 
    
विराटनगरमा ३२ जनामा नयाँ संक्रमित देखिएका मध्ये १२ महिला र २० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा एक महिला र आठ पुरुष, रंगेलीमा दुई पुरुष, ग्रामथानमा एक महिला र १ पुरुष, सुनबर्षीमा एक पुरुष, बुढीगंगामा एक महिला, सुनसरीको धरानमा तीन महिला र २० पुरुष, दुहवीमा सात महिला र एक  पुरुष, इटहरीमा एक महिला र पाँच पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, इनरुवामा दुई पुरुष र गढीमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । 
    
यस्तै झापाको दमकमा छ  महिला र तीन पुरुष, मेचीनगरमा एक महिला  र एक पुरुष, विर्तामोडमा एक महिला र एक पुरुष, कनकाईमा एक महिला, संखुवासभाको चैनपुरमा एक महिला र १० पुरुष, धर्मदेवीमा एक पुरुष, उदयपुरको चौदण्डीगढीमा एक महिला र प्रदेश बाहिरका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 
    
प्रदेशमा संक्रमितको सङख्या चार हजार ६१९ पुगेको छ ।  प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । प्रदेशम हालसम्म  कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । 
    
यस्तै प्रदेशमा शुक्रबार ६६ जना  संक्रमित निको भै घर फर्केका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेशनबाट एक जना निके भै घर फर्केका छन् । 
    
प्रदेशमा शुक्रबारसम्म दुई हजार १९ जना संक्रमित निको भै घर फर्केका छन् । प्रदेशमा १ लाख पाँच हजार ७७४ जनाको पिसिआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा थप एकको मृत्यु 
प्रदेश न २मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मनरासिसबा नगरपालिका बथनाहाका  ६५ वर्षीय पुरुष रहेका छन् । उनीको प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार ती पुरुषमा मधुमेह तथा उच्च रक्तचाप सहित रुघा, खोकी र ज्वरोको समस्या रहेको थियो ।  योसगैँ प्रदेशमा मृतकको सङ्ख्या १०८ पुगेको छ । 

सोही अवधिमा सप्तरीमा १३, सिरहामा २२ , सर्लाहीमा पाँच, रौंतहटमा ६ , बारा र पर्सा  एक-एक जना गरी ४८ जनामा नयाँ कोरोना संक्रमित थपिएको  समाजिक विकास मन्त्रालयले  शुक्रबार जनाएको छ ।

अब प्रदेशमा संक्रमितको सङ्ख्या अव ११ हजार ७१३ जना पुगेको छ । ती मध्ये २२ जना उपचार गराइ शुक्रबार निको भएर घर फर्केका छन् । अहिलेसम्म ६ हजार २६९ जना निको भएर घर फर्केका छन्  । अव, प्रदेशभरमा संक्रमितको सङ्ख्या पाँच हजार ३३६ रहेको छ ।
यस प्रदेशअन्तर्गत रहेका १७२ वटा क्वारेन्टिनमा शुक्रबारसम्म ५६०जना रहेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४८० , आइसोलेसनमा ८५९ र होम आइसोलेशनमा चार हजार ४७७ जना बसेका छन् । 

गण्डकीमा कोरोना संक्रमित दुई हजार ८२० पुगे
गण्डकी प्रदेशमा कारोना संक्रमितको सङ्ख्या दुई हजार ८२० पुगेको छ । पछिल्लो विवरण अनुसार प्रदेशमा १५ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
    
 विवरण अनुसार थपिनेमा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) आठ , गोरखामा पाँच ,  कास्की र तनहुँमा एक-एक जना छन् । प्रदेशमा हालसम्म ५५ हजार ६५४ जनाको पिसिआर नमूना परीक्षण गरिएको थियो । तीमध्ये ५२ हजार ८३४ जनामा कोरोना संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या ९४९ जना र उपचारपछि एक हजार ८४९ जना निको भएका छन्

कर्णालीमा दुई हजार ७५५ संक्रमित
कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या दुई हजार ७५५ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको आरटी- पिसिआर परीक्षणमा २९ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकजना गरी ३० थपिएसँगै संक्रमित हुनेको सङ्ख्या दुई हजार ७५५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।  

संक्रमित देखिएका व्यक्तिमा सुर्खेतका नौ, बर्दियाका चार, दैलेख र जुम्लाका तीन-तीन कालीकोट र सल्यानका दुई-दुई जना संक्रमित भएको महाशाखा प्रमुख उन बताए । उनका अनुसार जाजरकोट, रुकुमपश्चिम, हुम्ला, गुल्मी, काठमाडौं, ताप्लेजुङ र ललितपुरको एक-एक जना संक्रमति भएका छन् ।

त्यसैगरी, शुक्रबार प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगर आईसोलेशनबाट १५ जना फर्केसँगै कर्णालीका कोरोना संक्रमण जितेर घर फर्कनेको सङ्ख्या दुई हजार ३७९ पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार ३३८ जना भने प्रदेशका विभिन्न आइसोलेशनमा रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ