arrow

शान्ति शिक्षा पुनःनिर्माणमा सघाउँदै, नवनिर्मित विद्यालय भवन हस्तान्त्रण

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
handover-new-school.jpg.jpeg
काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण एवं मर्मत कार्यक्रमअन्तर्गत ललितपुरको घुसेलस्थित घुसेल माध्यमिक विद्यालयकाे भवन पुनःनिर्माण गरी हस्तान्त्रण गरेको छ ।  ललितपुरकै कांग्रेस सांसद उदयशमशेर राणाले नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण गरे । सोही क्रममा भवन निर्माणको सामाजिक परिक्षण समेत भएको छ । 
 
शान्ति शिक्षा अभियान नेपालले स्थापनाकालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत बिद्यालयभवन निर्माण एवं मर्मत सम्भार गर्दै आएको छ । साथै शैक्षिक गतिविधिमा प्रारम्भिक बालविकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षाकोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्थागर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 
 
गएको वर्ष वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनीय अवस्थालार्ई मध्यनजर गर्दै सो संस्थाले विद्यालय भवन पुनस्निर्माण–मर्मत कार्यक्रम २०७२–०७३ अन्तर्गत दोलखा जिल्लामा ५, काभ्रे जिल्लामा ४, काठमाण्डौंमा ३ र ललितपुरमा १० वटा गरी कुल २ करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवनमर्मत तथा पुनः निर्माणगर्ने निर्णय गरेको छ ।
 
कार्यक्रममा विद्यालयव्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष ज्ञान बहादुर लोले गत वर्षको विनाशकारी भुकम्पले विद्यालयको लगभग सबै भवनहरु क्षतिग्रस्त बनाएकोले विद्यालयमा पठन पाठन गराउन असहज भएको बताए । उले भने, ‘सो अवस्थामा विभिन्न संघ संस्थाहरुबाट सहयोग आयो । अस्थायी कक्षाकोठामा राखी पठनपाठन भएपनि पानी, घाम र हुरीले विभिन्न समस्याहरु आउने गरेकामा अब शान्ति शिक्षा अभियान नेपालले २ कोठे पक्की भवन निर्माण गरिदिएको छ । हामीलाई निकै राहत हुने छ ।’
 
शान्ति शिक्षा अभियानकी कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा लागेको कुललागत रकम १३ लाख २२ हजार ९ सय ८० खर्च भएको बारे विस्तृत रुपमा समुदाय समक्ष सार्वजनिक परिक्षण प्रतिवेदन पेश गरिन्  । 
 
यस्तै, शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रवीन्द्र महर्जनले भूकम्प पछि विद्यालयहरुको भवनक्षतीग्रस्त भई विद्यार्थीहरुलाई असहज वातावरणमा पठन पाठन गराइरहेको औंल्याउँदै शान्ति स्कूल प्रोजेक्ट, अमेरिकाको आर्थिक सहयोगले विद्यालय भवन पुनःनिर्माण एवं मर्मत कार्यक्रम मार्फत पुनःनिर्माणमा सहघाउन पाएकामा खुसी प्रकट गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ