arrow

सत्य निरुपण तथा बेपत्ता आयोगमा तीन सय १६ उजुरी

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Jumla--hamrakura.jpg.jpeg
जुम्ला। स्थानीय शान्ति समिति मार्फत सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा ३१६ उजुरी दर्ता भएका छन्।
 
सोमबारसम्म आयोगमा ३०३ र बेपत्ता छानबिन आयोगमा १३ उजुरी दर्ता भएको स्थानीय शान्ति समितिका निमित्त कार्यालय सचिव बेलु रोकायाले जानकारी दिए। “प्रचारप्रसारलाई व्यापक बनाउँदा अहिले उजुरी दर्ता हुने क्रम क्रमशः बढेको छ”, रोकायाले भने। तथापि कर्मचारी अभावका कारण पीडितले भनेकै समयमै उजुरी दिन नपाएको उनको भनाइ थियो।
 
गाविसस्तरका स्थानीय शान्ति समितिका संयोजक मार्फत प्रचारप्रसार, अभिमुखीकरण गरी ग्रामीण भेकका द्वन्द्वपीडितका उजुरी सङ्कलनको व्यवस्था मिलाइएको शान्ति समितिले जनाएको छ। रासस



नयाँ