arrow

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
corona-test-kit.jpg

कर्णाली । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।  मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एकएक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो । 

सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेशनमा बसेको बताए । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उनको भनाइ थियो ।

 कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताए । मन्त्रालयका अन्य कर्मचारी पनि आइसोलेशनमा रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ