arrow

प्रदेश १ मा तीन हजारबढी संक्रमित, कुन जिल्लामा कति थपिए?

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
corona-test-kit.jpg

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ९५  कोरोना संक्रमित थपिएका छन् । तीमध्ये ३२ महिला र ६३ पुरुष छन् । थपिएका कोराना संक्रमित  मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, सङ्खुवासभामा दुई र  प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

एक दिनमा विराटनगरमा  ४२ जनामा संक्रमण देखिएकामा महिला र पुरुष बराबरी छन् । आज थपिएकामा मोरङ लेटाङमा एक महिला तथा पथरीशनिश्चरे र रङ्गेलीका एकएक पुरुष छन् । सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा चारचार महिला र पुरुष, इनरुवामा एक महिला, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढी गाउँपालिकामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

यस्तै झापाको कनकाईमा दुई महिला र छ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, सङ्खुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेको एक महिला तथा प्रदेश बाहिरका एकएक महिला र पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित तीन हजार
प्रदेशमा आजसम्म कोरोना संक्रमितको सङ्ख्या तीन हजार ३११ पुगेको छ ।  अहिलेसम्म  मृत्यु हुनेको सङ्ख्या  ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेशका २३  र प्रदेश बाहिरका नौ जना रहेको बताइएको छ । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज नौ जना कोरोनामुक्त भएर  डिस्चार्ज भएका  छन् ।  हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५३४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार १७६ जनाको पिसिआर परीक्षण भई हालसम्म ८७ हजार ५९८ जनाको  परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ