arrow

प्रदेश १ मा थपिए ९०  कोरोना सङ्क्रमित 

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
covid-test-positive-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा  ९० कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा ३४ महिला र ५६ पुरुष छन् ।

कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टाका अवधिमा विराटनगरमा  ३८  कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा २० महिला र १८ पुरुष छन् । 

थपिएका कोरोना सङ्क्रमितमा  कटहरीका तीन महिला र चार पुरुष तथा सुन्दरहरैँचाका एक पुरुष छन् ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३० पुगेको तथा पछिल्लो २४ घण्टामा ८१ जना निको भएर घर फर्केका छन् ।  

हालसम्म प्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पिसिआर परीक्षण भई हालसम्म  ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ