arrow

प्रदेश १ का आइसोलेशन वार्ड सबै भरिए, संक्रमितलाई कहाँ पठाउने भन्ने अन्योल

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
isolation-bajura.gif

सुरुङ्गा । प्रदेश नं १ मा कोरोना संक्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आइतबार एकैदिन पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो । 

प्रदेश नं १ मा कोरोना संक्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना संक्रमण पुष्टि भएकालाई कहाँ पठाउने भन्ने विषयमा अन्योल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति जीवन चम्लगाईंले बताए । 

आइतबार मात्रै एक जना सशस्त्र प्रहरीसहित झापामा पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । पाथीभरा सशस्त्र प्रहरी गण पाडाजुंगीका एक सशस्त्र प्रहरीसहित बाह्रदशी र अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । पाथीभर सशस्त्र प्रहरी गण कमल गाउँपालिकामा रहेको छ । 

उता बाह्रदशी गाउँपालिका–६ की एक महिला र सोही गाउँपालिका–१ का एक पुरुषमा संक्रमण देखिएको छ । ती महिला भारतको सिलिगुडी र पुरुष पञ्जाबबाट फर्केर पशुपति मावि राजगढको क्वारेन्टिनमा बसेका थिए । 

अर्जुनधारा नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति चौलागाईले बताए । झापामा ३९८ जनालाई कोरोना संक्रमण भएको छ भने ३४४ जनाले कोरोना जितेर घर फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ