कोरोना संक्रमण : बिहिबारदेखि अनिश्चितकालका लागि जलेश्वर बन्द
प्रकाशित २०७७ साउन १५ बिहिबार
795
Shares
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका बिहिबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बिहिबार एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बिहिबारबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन्।
उनले अति आवश्यक कामबाहेक बिहिबारदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन् ।
साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।