arrow

लागुऔषध तस्करीमा प्रविधिको दुरुप्रयोग, ड्रोनबाट जेलमा सप्लाई

logo
एजेन्सी
प्रकाशित २०७७ साउन १२ सोमबार
drones-prisons-drugs.jpg

काठमाडौं। न्यु साउथ वेल्स जेलका प्रहरी अधिकारीहरुले ड्रोनबाट लागुऔषध खसाल्ने योजना असफल पारेको बताएका छन्। उत्तरी साउथ वेल्सको हन्टर उपत्यकाको सेसनक जेलमा ड्रोनका माध्यमबाट जेलभित्र खासलिन लागेको झण्डै १ लाख डलर  मूल्यबराबरको लागुऔषध बरामद गरेको प्रहरीले बताएका छन्। सेसनक जेलबाहिर आफुहरुले कार फेला पारेको र त्यसमा जेलभित्र खसाल्न ड्रोनमा मिलाएर तयार पारिएको लागुऔषध भेटिएको अधिकारीहरुले बताएका छन्।

बुप्रिनोर्फिनका १ सय ८ स्ट्रिप र ४२ ट्याबेलटहरु ड्रोनका माध्यमबाट जेलभित्र खसालीन लागेका थिए। जेलका एक अधिकारी पिटर सेवरिनले भने, ‘उनीहरुले त्याधुनिक तरीकाबाट लागुऔषध तस्करी गरे, ड्रोनबाट भित्र फाल्नु एकदमै सहज र नयाँ प्रविधि हो।’

यसअघि शनिबार मात्रै जेल बाहिर अधिकारीहरुले टेबल टेनिसको बलभित्र हालेको अवस्थामा छोटकरीमा बुपे भनिने यही लागुऔषध बरामद गरेका थिए। कोरोना भाइरसको माहामारीका कारण जेल भिजिटरहरुलाई रोक लगाइएपछि पछिल्लो समय पत्र, ड्रोन एवं टेनिसबलको माध्यमबाट लागुऔषध तस्करी भइरहेको पाइएको अधिकारीहरुले बताएका छन्।

तस्करीको आरोपमा, २८ वर्षीया महिला, २२ र १९ वर्षका दुई युवक र टेनिसबलबाट लागुऔषध ओारपोसार गर्न खोजेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको माहामारीका कारण बाहिरबाट मानिसहरुलाई भेट्न जान नदिँदा जेलहरु भित्र नै हिंसात्मक घटनाहरु बढेको अधिकारीहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ