arrow

केपी ओली र प्रचण्ड पक्षधरबीच लम्कीमा कुटाकुट

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७७ असार २२ सोमबार
clash-between-kp-and-prachanda-team.jpg

लम्की। नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ। नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले सोमबार दिउँसो करीब ५ बजेतिर लम्कीचोकमा प्रधानमन्त्री ओलीको वकालत गर्दै र्‍याली सहित कोणसभा गरि रहेको समयमा प्रचण्ड पक्षधरहरु एकाएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको प्रत्यक्षदर्शी पत्रकार लोकबहादुर देउवाले जानकारी दिए।

सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपी शर्मा ओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन समेत गरेका थिए । देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा समेत लेखेका प्ले कार्ड सहित केपी शर्मा ओली पक्षधर युवाहरुको सहभागिता थियो।

सचेत नागरीक समाजको तर्फबाट केपी शर्मा ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण लगतै बोल्न माईक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले केपी शर्मा ओलीको पक्षपोषण गर्दै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए।

दुईतिहाई निकटको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखिरहेका बेला प्रचण्ड निकटका केहि युवाहरु खड्का माथि खनिएका थिए । केपी पक्षधरहरुले आफुहरुमाथि प्रचण्डका पुर्ब लडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन्। माहौल साम्य पार्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो।

पछिल्लो समयमा नेकपा भित्र सत्ता र कुर्चिका लागि बिबाद चुलिदै जाँदा फुटको अवस्थामा पुगेको नेकपाकै कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ