arrow

सरकारबिरुद्ध बेलौरीमा बिरोध र्‍याली

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असार २१ आइतबार
belauri1.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको बिकास निर्माण र कृषकका हीतमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसले बेलौरीमा बिरोध र्‍यालीको आयोजना गरेको छ । भारतीय सीमान्त जिल्लाको दक्षिणी भेगको बिकास निर्माण र किसानमुखी कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउन कांग्रेसले र्‍यालीको आयोजना गरेको हो । 

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले बिरोध र्‍यालीको आयोजना गरि ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । क्षेत्रका जनताहरुको समस्या समाधान गर्न सरकार अनुदार देखिएको भन्दै १० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइएको हो । 

खेतिको समयमा पनि किसानलाई मलखादको ब्यबस्था गर्न सकेको तत्काल सरकारले ब्यबस्थापन गर्नु पर्ने , बैशाखा बेलौरी कलुवापुर सडक निर्माणमा सरकार ले अबिलम्ब पहल गर्न पर्ने , प्रधानमन्त्री कृषि आयोजना र मुख्य मन्त्री कृषि आयोजना वास्तविक किसानले पाउनु पर्ने , पिसिआर परिक्षणको दायरा बढाउनु पर्ने लगायतका १० बुँदे माग सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइएको हो । कञ्चनपुरको बेलौरीमा र्‍याली सहित नेपाली कांग्रेसले गरेको बिरोध कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए । 

नेपाली कांग्रेसका पालामा दक्षिणी क्षेत्रको आर्थिक बिकासका लागि महत्वका साथ हेरि २०७३ मा ठेक्का भइ सकेको बैशाखा-बेलौरी-कलुवापुर सडक खण्डको कार्य अलपत्र परेको र सुचारु गराउन सरकाले पहल नगरेको नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले बताए ।  भारतीय सीमान्त यो क्षेत्रमा कोरोना भाइरसको जोखिम बढिरहे पनि सरकारले पिसिआर परिक्षणको दायरा नबढाएर जनताको स्वास्थ्यको सुरक्षामा खेलवाड गरि रहेको छ । यस्ता थुप्रै बिकास निर्माणका काममा सरकारको ढिला सुस्तीका विरुद्ध कांग्रेसले खबरदारी गर्दै रचनात्मक प्रतिपक्षको भुमिका खेल्दै क्षेत्रको बिकासका लागि खटिरहेको नेता बिष्टले बताए । 

नेपाल सरकारले किसानका लागि निर्माण गरेका प्रधानमन्त्री तथा मुख्यमन्त्री कृषि आयोजनाको बजेट वास्तविक किसानले नपाइ कागजी किसानको पोल्टामा पारेर भइ रहेको दुरुपयोग रोक्न र क्षेत्रको बिकासमा सरकारको ध्यानाकर्षण गराउन पार्टीले बिरोध कार्यक्रम गर्न परेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए ।

क्षेत्रका जनताका चासो र सरोकार राख्ने बिकासमा सरकार संवेदनशील बन्न नसकेकाले नेपाली कांग्रेसले खबरदारी गर्नु परेको सभापति उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ