चौरजहारी घटनाका दोषीलाई कारवाही र पिडितलाई न्यायका लागि दवाब
प्रकाशित २०७७ असार २१ आइतबार
760
Shares
काठमाडौं। रुकुम चौरजहारीमा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको हत्याकाण्डबारे संयुक्त दलित युवा संघर्ष समितिले उच्चस्तरीय संसदीय छानविन समितिसंग यथासिघ्र सत्य तथ्यका आधारमा दोषीलाई करवाही र पिडितलाई न्यायका लागि माग गरेको छ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग २१ वर्षीय नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ रहेको छ। नवराजको शव भेरी नदीमा भेटिएको थियो।
उच्चस्तरीय छानविन समिति सामु भेटघाटका क्रममा चाँडो दोषीलाई कारवाही र पिडितलाई न्यायका पक्षमा समितिले दवाब सृजना गरेको दलित आयोगका पुर्व कार्यवाहाक अध्यक्ष मंजित ताम्राकारले जानकारी दिए।
उक्त घट्नाको देशभर बिरोध भएपछि प्रतिनिधिसभाले उच्चस्तरीय संसदीय छानविन समिति घटन गरेको थियो।
अहिलेको प्रतिकुल अवस्थामा दलित समुदाय माथि भएको यो अहिलेसम्मकै क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविन गर्न संघर्ष समितिले जोडदार माग गरेको छ ।