arrow

कर्णाली : थप २८ जनामा संक्रमण

logo
प्रकाशित २०७७ असार १० बुधबार
karnali-health-institute.jpg

सुर्खेत । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको सङ्ख्या एक हजार ३३५ पुगेको छ । 

बुधबार थपिएका संक्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक-एकजना रहेका छन् ।

 यस्तै अन्य संक्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक-एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए ।

 उनका अनुसार प्रतिष्ठान जुम्लामा संक्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ