अमेजनद्वारा जलवायु परिवर्तनविरूद्धको लडाईंका लागि दुई अर्ब डलर लगानी गर्ने
एएफपी,
प्रकाशित २०७७ असार ९ मंगलबार
681
Shares
वासिङ्टन। जलवायु परिवर्तन विरूद्धको लडाईं अन्तर्गत कार्बन पुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनलेदुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ। “क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्नेछ,” उक्त विश्व प्रसिद्ध कम्पनीले जनाएको छ।
यो पहल कम्पनीहरूलाई आफ्नो कार्बन घटाउन र उत्पादन र सेवाहरूलाई दीगो बनाउन प्रतिवद्ध उद्यमी र नवप्रवर्तकहरूलाई प्रदान गरिने अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ वेजोसले बताए।
विश्वका सबै आकार र चरणका कम्पनी तथा फर्महरूलाई सहयोग उपलब्ध गराइने अमेजनले बताएको छ। भावी पुस्ताहरूका लागि पृथ्वीलाई जोगाउन शुन्य कार्बनको अभियानमा लगानी गरी जलवायु परिवर्तन नियन्त्रणमा सम्भावित पहलस्वरूप लगानी हुने कम्पनीले बताएको छ।