arrow

प्रदेश १ सरकारविरुद्ध मंगलबारेमा अनिश्चितकालिन अनशन सुरु

logo
प्रकाशित २०७७ असार ८ सोमबार
ansan1.jpg

उर्लाबारी । मोरङको उर्लाबारी ३ मंगलबारे मा रहेको मगलबारे अस्पताल नामाकरण विवादलाई लिएर सोमबार  देखि प्रदेश १ सरकारको त्रुटि सच्याउन माग गर्दै अनिश्चितकालिन धर्ना सुरु भएको छ । 

प्रदेश १ सरकारले बिगत ३ बर्ष सम्ममा पनि प्रदेशको नाम राख्न नसकिरहेको आबस्थामा स्थानिय मगलबारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणा गरे सगै स्थानियहरु सोको बिरोधमा धर्ना बसेका हुन  । 

अस्पतालको नाम परिवर्तन गर्ने घोषणाविरुद्ध आन्दोलनरत सङघर्स समितीले  अस्पताल गेट अगाडि धर्ना बसिरहेका आन्दोलनरत समितिका  सदस्य रोहित कार्किले बताए ।

नेपाली कांग्रेस उर्लाबारी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंच सम्वद्ध संघिय लिम्बुवान पार्टी नेपाल उर्लाबारी र मंगलबारेका युवा समुहलाई एक गरी निर्माण गरीएको सयुक्त संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्र्तगतको शान्ती पुर्ण धर्ना कार्यक्रमको सुरुवात गरेको उनले बताए । 

 प्रदेश १ सरकारले आफ्नो आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाल सन्चालनमा रहेको मगलबारे अस्पतालको स्तरउन्नती गर्ने भन्दै अस्पतालको नाम नै परिवर्तन गर्नु पर्ने सर्त आगडी ल्याएको थियो ।

 सो प्रस्तावको बिरोध  गर्दै  र्याली, राके जुलुस हुदै धर्ना कार्यक्रम सुरु गरिएको आन्दोलन समितिका सन्योजक आभाष रिजालले बताए । उनका अनुसार आफुहरुको मागको सुनुवाइ नभए आन्दोलनको स्वरुप फेर्दै निरन्तर सङ्घर्स गरिरहने उनले चेतावनी दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ