arrow

कोरोना संक्रमितलाई लक्षित गरि छोडिएको करेन्ट लागेर महिलाको मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार ६ शनिबार
Death-body-nepali-simbol.jpg.jpeg

डोटी। डोटीको आदर्श गाउँपालिका ७ मा एक जना महिलाको शनिबार करेन्ट लागेर मृत्यु भएको छ। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन्।

किमाडीले ट्याङकीमा हालेको विजुलीको तारबाट प्रवाहित भएको करेन्टकै कारण ति महिलाको करेन्ट लागेर मृत्यु भएको हो।

आदर्श ७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षीय श्रीमती तुल्सी धारामा नुहाउन गएकी थिइन्। सोही बेलामा करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले जानकारी दिए।

सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन्। किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर राखेको छ।

शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले डोटीका प्रहरि नायब उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो। मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशील थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ