कांग्रेस नेता लेखकद्वारा कञ्चनपुरमा ४ लाखको स्वास्थ्य सामाग्री
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असार ५ शुक्रबार
560
Shares
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको तर्फबाट चार लाख बरोबरको स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक कार्यक्रमका बिच शुक्रवार प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति क्षेत्र नं. ३ का सभापति गोपाल भट्टले उक्त स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी खतिवडालाई हस्तान्तरण गरेका हुन् । काठमाडौंबाट पुर्व मन्त्री लेखकले जिल्लाका स्वास्थ्यकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त सुरक्षा सामाग्री पठाएको नेविसंघका पुर्व केन्द्रीय सदस्य जनक भट्टले बताए ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले नेता लेखकले पठाएको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारलाई स्वास्थ्यकर्मीलाई समानान्तर ढंगले वितरण गर्न भन्दै बुझाएको जनाएका छन् ।
पिपिई सेट ५६ थान, सर्जीकल मास्क दुई सय थान, एन–९५ २० थान र सेनिटाइजर १० लिटर सहयोग स्वरुप वितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नं. ३ ख का सभापति भट्टले बताए ।