arrow

कर्णालीमा कोरोना : जित्ने ५०५, थपिने १२०, मृत्यु हुने ४

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
corona-rdt-test.jpg


सुर्खेत । कर्णाली प्रदेशमा बिहिबार थप १२० जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको कोरोना परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ जनामा आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । 
    
कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले बिहिबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार दैलेखको महाबु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना पुष्टि भएको छ । उक्त गाउँपालिका वडा नम्बर २ मा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
    
त्यस्तै गुराँसे गाउँपालिकामा पाँच, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुईदुई तथा भैरवी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा तिवारीले बताए ।

त्यसैगरी सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुईदुई र सिम्ता गाउँपालिकामा एक जनामा संक्रमण देखिएको उनको भनाइ छ । 
    
महाशाखा प्रमुख डा. तिवारीका अनुसार बिहिबार १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना संक्रमित एक हजार २२४ पुगेका छन् । प्रतिष्ठान जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ५०५ पुगेको छ । 

बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ देखिएको कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने चार जना पुगेको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ