arrow

कर्णालीमा एक हजार ८६ संक्रमित, ३४२ फर्के घर

logo
प्रकाशित २०७७ असार २ मंगलबार
quranine.jpg

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण निको भई मंगलबार १९१ जना घर फर्केका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् । 

कर्णालीमा हालसम्म कोरोना संक्रमित ३४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना संक्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताए । त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा कूल संक्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ । संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ