प्रसाईँको घरमा जुवा खेल्ने ७ युवक पक्राउ, पाउड बरामद
प्रकाशित २०७७ जेठ ३२ आइतबार
438
Shares
झापा । बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा रु ७१ हजार नगदसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा गलैँचा ओछ्याएर जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् ।
प्रहरीले जुवाको खालबाट नगद, क्यान्डिड पाउड र एक थान गलैँचा बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।