मेसी बार्सिलोनाको तालिममा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने
एएफपी,
प्रकाशित २०७७ जेठ २४ शनिबार
538
Shares
मेड्रिड। खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित भएका छन्। त्यसैगरी सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ।
मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिर्नु भएपनि छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्। ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ।
स्वारेजकाो घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै छन्। उनले अभ्यासका क्रममा दुखाई महशुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो। यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन्। बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले नेतृत्व गर्दै तालिकामा अग्रता हाँसिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन्।