कञ्चनपुरको पुनर्वासमा ६ जना र लालझाडीमा १ जनामा कोरोना पुष्टि
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ जेठ २० मंगलबार
512
Shares
कञ्चनपुर। सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा सवास्थ्यकर्मी सहित ७ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमित फेला परेका छन्।
आज कैलालीको धनगढी प्रयोगशालमा नयाँ पुष्टि भएका १८ जना संक्रमित हरु संगै सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरको पुर्नवासमा ६ जना र लालझाडी गाउँ पालिकाका १ जना गरि ७ जनामा संक्रमण पुष्टि भएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक राम बहादुर धामीले बताए। सो मध्य ३६ बर्षीय स्वास्थ्यकर्मी समेत रहेका छन। उनले भारतबाट आएका नेपालीहरुको स्वाब संकलनसँगै क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्थाको वारेमा हेर्दै आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुर्नवासमा रहेको उनको मेडिकल समेत सिल गरिएको छ।