काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आयात हुन नसकेपछि सरकारले इन्धन आयातका लागि ग्लोबल टेन्डर आव्हान गरेको छ । इण्डियन आयल निगमले नेपालले माग गरे अनुसार तेल असुरक्षा भन्दै नपठाएपछि सरकारले टेण्डर खुलाएको हो ।
सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।
तीन दिनभित्र टेण्डर भर्न आव्हान गरि निकालिएको सूचनामा हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ ।