arrow

मौसम : मुलुकभर पानी पर्ने, सोमबारबाट प्रभाव हट्ने

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
weather11.jpg

काठमाडौं । नेपालमा पश्चिमी  तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आइतबार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव  सोमबारबाट क्रमशः हट्दै जाने जानकारी दिइन् । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भएको छ । 

धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव छ डिग्री र अधिकतम तापक्रम २७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ