arrow

कर्णाली प्रदेशमा १८ संक्रमित थपिए, १२३ पुग्यो

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
corona-test-nepalgunj.gif

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आइतबार बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । 

त्यस्तै, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ सल्यान र एक जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

यसअघि सुर्खेतका ३०, देलेख १४, बाजुराका एक र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

 कोरोना संक्रमितको सङ्ख्या बढेपछि अब यसको जोखिम न्यूनीकरण, रोकथाम र उपचार कसरी गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अहिले आकस्मिक बैठक बसिरहेको सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ