कोहलपुरमा सशस्त्र प्रहरीले बरामद गर्यो दुई लोडेड बन्दुकसहित विभिन्न हतियार
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
587
Shares
कोहलपुर। कोहलपुरबाट सशस्त्र प्रहरीले दुई नाल लोडेड भरुवा बन्दुकसहित विभिन्न हतियार बरामद गरेको छ।
राजस्व अनुसन्धान कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५४ गुल्मले बिहिवार बिहान कोहलपुर नगरपालिकाको वडा नम्बर ८ स्थित सितलछायाँँ सामुदायिक बन नजिकै रहेको सिक्टा नहरको पुल मुनि लुकाई राखेको अवस्थामा बेवारिसे दुई थान भरुवा बन्दुक बरामद गरेको हो।
बिशेष सुराकीका आधारमा गएको सशस्त्र प्रहरीको अपरेसन टोलीले भरुवा बन्दुकसहित २२ थान केप, केपमा आबश्यक पर्ने २ थान पटाका, ३ थान सानो बारुद, ५ सय ग्राम छर्रा, १ थान खुकुरी, बँदेलको रौसहित जनावर मार्न प्रयोग गरिने पासो बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।
हतियार कुन प्रयोजनका लागि राखिएको र कसले राखेको बारे थप अनुसन्धान प्रहरीले गर्ने र बरामद गरिएका हतियारलाई सम्बन्धित कार्यालयमा बुझाईसकेको डिएसपी कार्कीले बताए।