कोरोना : ललितपुर बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु, पाँच पुग्यो
प्रकाशित २०७७ जेठ १५ बिहिबार
309
Shares
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको उनले बताए ।
यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो । यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना सङ्कलन गरी कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पृष्टि भएको हो । उनमा कलेजोसम्बन्धी रोग रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।