arrow

दैलेखमा आठ संक्रमित

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
corona-pcr-lab.jpg

दैलेख । शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ । यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले जानकारी दिए ।  

आठवीस नगरपालिकाका एक युवकको उपचार अहिले सुर्खेत भएको छ । त्यस्तै नारायण नगरपालिकाका  १५ र १८ वर्षीय किशोर र युवकमा संक्रमण देखिएको छ । डुङ्गेश्वर गाउँपालिकाको एक दम्पती र अन्य एक पुरुष गरेर तीन जना संक्रमित भएका छन् ।

 गुराँस गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये नारायण नगरपालिकाभित्रका संक्रमित पाँच जनालाई सरस्वती मावि तर्तागंमा निर्माण गरिएको आइसोलेशन अस्पतालमा राखिएको छ । गुराँस गाउँपालिकाका दुई जना क्वारेन्टाइनमै बसेका छन् ।  

 किट अभाव
दैलेखमा आरडिटी र पिसिआर दुवैका किट अभाव देखिएको छ । भारतबाट जिल्ला भित्रनेको संख्या दैनिक हजार हुन थालेपछि परीक्षण गर्ने किट सकिएको जिल्ल िस्वास्थ्य खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए। सबैको अन्यत्र कोही कसैसँग सम्पर्क भए नभएका बारेमा व्यापक खोजी  शुरु गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ