कोरोनाको लडाईमा अग्रमोर्चामा काम गर्ने कर्मचारीलाई वजेटमा विशेष व्यवस्थाको माग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ११ आइतबार
726
Shares
काठमाडौं। आर्थिक बर्ष ०७७/ ०७८ को वजेटमा निजामती कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियन संघले कोरोना संक्रमणको लडाईमा अग्रमोर्चामा खटिएका कर्मचारीहरुको लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
संघले यसपटक तलब बढाउने माग नराखि कोरोना संक्रमणसँग अग्रमोर्चामा रहि जुधिरहेका कर्मचारीहरुको ५० लाखको वीमा लगायतका माग राखेको छ। संघले अग्रमोर्चामा खटिएका कर्मचारीहरुलाई खटिएको अवधिभरमा तलब बराबरको शत प्रतिशत भत्ता दिन माग गरेको छ।
अग्रमोर्चामा रहि खटिएका कर्मचारीहरुको कोरोना परिक्षण व्यवस्था गर्न पनि संघले माग गरेको छ। संघले निजामती अस्पताललाई सातै प्रदेशमा विस्तार गरि सबै उपचार निशुल्क गर्न माग गरेको छ।
संघका अध्यक्ष गोपाल पोखरेलले हस्ताक्षरित ११ बुँदे ज्ञापनपत्र संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रीलाई दिदै आफ्ना मागहरुलाई बजेटमा समेट्न आग्रह गरिएको छ।