जर्मन बुन्डेसलिगामा बार्यन शीर्षमै, यस्तो छ ५ खेलको नतिजा
प्रकाशित २०७७ जेठ ११ आइतबार
457
Shares
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण रोकिएर पुनः सुचालु भएको जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख शीर्ष स्थानमा कायमै रहेको छ ।
पुनः थालिएको लिगका लगातार दुई खेलमा बायर्नले जित निकालेको छ । शनिबार राति बायर्नले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।
फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए ।