स्वास्थ्यकर्मी,सुरक्षाकर्मी संचारकर्मीहरुको पनि स्वाब संकलन गरियो
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ ७ बुधबार
1.1k
Shares
मुगु। कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागी जिल्लाका चारै स्थानिय तहमा ३ सय २० जनाको स्वाब सकंलन गरिएको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी जिल्लाको सोरु, मुगुम कार्मारोङ, खत्याड गाँउपालिका र छाँयानाथ रारा नगरपालिकाको जिल्ला अस्पतालमा गरी ३ सय २० जनाको स्वाब सकंलन गरिएको हो ।
लकडाउनका बेला लुकिछिपी भारत तथा अन्य मुलुकबाट स्थानियहरु मुगु आएको र अलपत्र परेका आफना स्थानियबासिलाई छाँयानाथ रारा नगरपालिका, सोरु र मुगुम कार्मारोङ गाँउपालिकाले सडक यातायात मार्फत घर ल्याएपछी मुगु जिल्लामा कोरोना भाईरसको जोखिम बढेको थियो। यहि जोखिमलाई न्यूनिकरण गर्न कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सक सहितको टोली र स्थानियतहका स्वास्थ्यकर्मीहरुले संयुक्त रुपमा स्वाब संकलन कार्य गरेका हुन्।
सोरु गाँउपालिकाको तीन र मुगुम कार्मारोङ गाँउपालिकाको पाँच स्थानमा स्वाव संकलन केन्द्र स्थापना गरी सोरु गाँउपालिकामा ९२ र मुगुम कार्मारोङमा ९६ जनाको स्वाव संकलन गरिएका थियो। जिल्ला अस्पतालका चिकित्सक सहितको टोलीले १ सय २० र खत्याड गाँउपालिकामा १२ जनाको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णा कुमार निरौलाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार सोरु गाँउपालिकाको ९२ मध्ये ५६ र मुगुम कार्मारोरोङको ९६ जनाको संकलन गरिएको स्वाब परिक्षणका लागी मंगलबार हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।
सोरु गाँउपालिकाले स्वाब संकलन गरिएको स्थान नार्थबुबाट हेलिकप्टर अबतरण हुने स्थान तारापानीसम्म ल्याउन सवारी साधनको ब्यवस्थापनमा ढिलाई गर्दा ३६ जनाको स्वाब सडक यातायात मार्फत जुम्ला पुराईने भएको छ । कर्णाली प्रदेश सरकारले मुगुम कार्मारोङ र सोरु गाँउपालिकामा संकलन गरिएको स्वाव परिक्षणका लागि जुम्लासम्म लैजान हेलिकप्टरको ब्यवस्थापन गरेको थियो । जिल्ला अस्पतालमा १ सय २० र खत्याड गाँउपालिकामा संकलन गरिएको १२ जनाको स्वाबलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लासँम्म पुराउन केही ब्यवस्था नगरेपछी बुधबार बिहानै सडक यातायातबाट जुम्ला लगिएको छ ।
जिल्ला बाहिर, भारत तथा तेस्रो मुलुकबाट घर आएकाहरु र केही सुरक्षाकर्मी, स्वास्थ्यकर्मि जनप्रतिनधी साथै अन्य स्थानियबासि गरी ९६ जनालाई पायक पर्ने स्थानमा स्वाव संकलन गरि हेलीकप्टर मार्फत परिक्षणका लागि जुम्ला पठाईएको मुगुम कार्मारोङ गाँउपालिका माहामारी तथा कोभिड १९ का फोकल पर्सन बली बुढाले जानकारी दिए।
सोरु गाँउपालिकामा भारत तथा तेस्रो मुलकबाट आएका साथै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्बसाधारण गरि ९२को स्वाब संकलन भएको थियो। जिल्ला अस्पतालमा संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत अन्य ब्यक्ति गरी १ सय २० जना र खत्याड गाँउपालिकाका १२ जनाको कोरोना भाईरस पिसिआर परिक्षणका लागी स्वाब संकलन गरिएको हो। संकलित स्वाबहरुको परिक्षण कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।