arrow

भारतले भन्यो – नेपालले सार्वजनिक गरेको नक्सा मान्य छैन 

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
nepal-india-flag.jpeg

काठमाडौं । नेपाल सरकारले बुधबार सार्वजनिक गरेको देशको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नयाँ नक्सालाई स्वीकार नगर्ने बताएका हुन् । 

मिडियाकर्मीहरुको प्रश्नमा श्रीवास्तवले उक्त नक्सा नस्वीकार्ने जनाएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपाल सरकारले बुधवार जारी गरेको नेपालको संशोधित नक्शाका सम्वन्धमा मिडियाकर्मीहरुको प्रश्नहरूको जवाफमा श्रीवास्तवले भने, 'नेपाल सरकारले आज नेपालको संशोधित आधिकारिक नक्शा जारी गरेको छ जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ। यो एकपक्षीय कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कूटनीतिक वार्ताको माध्यमबाट बाँकी सीमा मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो। क्षेत्रीय दावीहरूको त्यस्तो कृत्रिम विस्तार भारतले स्वीकार गर्दैन।'

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने, "नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित कार्टोग्राफिक दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं। हामी आशा गर्दछौं कि नेपाली नेतृत्वले सीमा क्षेत्रका बाँकी समस्याको समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।"

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् । 

भारतले नेपालको यो निर्णयलाई एकतर्फी भएको भन्दै भौगोलिक दावीलाई अस्वीकार गर्ने समेत जनाएको छ । नेपालले नयाँ नक्शामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने दावीसमेत भारतको छ ।  

नेपालको अद्यावधिक नक्सा सार्वजनिक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ