कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई पूर्व मन्त्री बस्नेतको सहयोग
प्रकाशित २०७७ जेठ ५ सोमबार
457
Shares
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कोरोनाको कारण आमा गुमाएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार आर्थिक सहयोगको घोषणा गरेका छन्।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको जेठ ३ गते शनिबार धुलिखेल अस्पतालमा निधन भएको थियो ।
पूर्वमन्त्री बस्नेतले आज जारी गरेको विज्ञप्तिमा नौ दिनमा आमा गुमाएका शिशुको स्वास्थ्य सुधार एवं पौष्टिक आहारका लागि सहयोग गरी कक्षा एकदेखि १२ सम्म निःशुल्क पढाउने तथा त्यसपछि रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
शिशुका बुबा काठमाडौँमा सुरक्षा गार्डको काम गर्दै आएको जनाइएको छ ।
शिशुको परिवारको आर्थिक अवस्था समेत राम्रो नभएकाले सहयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाका जेठा छोरा ११ वर्षका छन् । महिलाको शनिबार राति पशुपतिमा दाहसंस्कार गरिएको थियो ।