भारतले सीमा मिचेको बिरोधमा बाह्रबिसेमा प्रदर्शन गर्नेहरु पक्राउ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
520
Shares
सिन्धुपाल्चोक। अतिक्रमित भुमि फिर्ताको माग र लम्पसारबादी सरकारको बिरुद्द नेपाली काॅंग्रेस सिन्धुपाल्चोकले जिल्लाको बाह्रबिसेमा गरेको प्रदर्शनको क्रममा अरनिको कलेजका स्वबियु सभापति एबं नेबिसंघका क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठ, नेपाली काॅंग्रेसका नेता अजय तामाङ, नेबिसंघका नेताहरु बिश्वास बस्नेत, रमेश अधिकारी, मनिश बस्नेत लगाएतलाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।
सामाजीक दुरी कायम राख्दै, लकडाउनको पुर्ण पालना गरी शान्तिपुर्ण तवरले गरीएको प्रदर्शन माथी प्रहरीले हस्तक्षेप गिरफ्तार गरेको भन्दै नेविसंघका महामन्त्री वलदेव तिमिल्सिनाले विरोध गरेका छन्।
यसैबिच नेबिसंघको दबाव पछि पक्राउ परेकाहरुलाई बिना सर्त रिहा गरेको नेबिसंघ सिन्धुपाल्चोकका का.वा सभापति नविन श्रेष्ठले जानकारी दिएका छन्।