arrow

काठमाडौं, धनगढी र गाउँपालिकामा खोजी खोजी राहत दिदै खप्तड छेडेदह गाउँपालिका 

logo
दयाराम पण्डित
प्रकाशित २०७७ जेठ २ शुक्रबार
rahat-distribution-bajura-k.gif

बाजुरा। करोरोनको कारण गरीएको लकडाउनको चपेटामा परी अलपत्र परेका आफ्ना नागरिकलाई खप्तड क्षेडेदह गाउँपालिकाले खोजी खोजी राहत वितरण गरेको छ । खप्तड क्षेडेदह गाउँपालिकाले प्रतिनीधि मार्फत जिल्ला बाहिर काठमाडौं उपत्यकामा डेरा गरी बस्ने १ सय २० जना र धनगढीमा बस्ने ११२ मजदुर तथा विद्यार्थीलाई राहत वितरण गरेका हुन् । राहात सामग्री गत सातादेखि देशका बिभिन्न भागमा रहेका ब्यक्तीलाई वितरण गरिएको हो। 

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बस्ने विद्यार्थी र मजदुरको डेरामै पुगेर राहत वितरण गरिएको खप्तड क्षेडेदह घरभई हाल काठमाडौं बस्ने ईन्जिनियर तालवहादुर रावतले जानकारी दिए। 

काठमाडौंको टोखादेखि किर्तीपुर र भक्तपुरको सल्लाघारीसम्म डेरा डेरा पुगेर राहात बाँडदैछु काठमाण्डौं बस्ने ईन्जिनियर रावतले भने। एक परिवार वा एउटै कोठा–फ्ल्याटमा बस्नेलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको उनले बताए । गाउँपालिकाको निर्णयअनुसार नै काठमाडौंमा रहेकालाई राहत वितरण गरिएको रावतले भने । गाउँपालिकाले निश्चित विद्यार्थी र मजदुरको नामावलीसहित राहत वितरणका लागि २ लाख ५० हजार पठाएको थियो तर, राहत लिनेहरु थपिएकाले राहतमा पनि केहि हेरफेर गरिएको हो उनले बताए । 

३६ सय ६७ घरपरिवार मध्ये राहात सामाग्री वितरण मापदण्ड अनुसार ७७१ दलित परिवारका  सबैलाई राहत वितरण गरेको छ भने गैह्र दलितमा अति गरिव, गरिव तथा मध्यम वर्गका आधारमा  सबैलाई राहात वितरण गरेको खप्तड क्षेडेदह वडा नं ५ का वडा अध्यक्ष हर्क रावतले बताए । 

“काम छोडेको दुई महिना हुन लागेको छ । कोठाको रासन पनि सकिएको थियो । गाउँपालिकाले  थोरै भएपनि खोजी खोजी राहात वितरण गरेकोले स्थानीय सरकार छ भन्ने आभास भएको छ ।” खप्तड क्षेडेदह घरभई काठमाडौंमा दैनिक मजदुरी गर्ने महिला बिनिता बुढाले खुशी ब्यक्त गरिन्। 

खाद्यन्न अभावमा कोठामा भोकै बस्न बाध्य भएका बिद्यार्थीका लागि गाउँपालिकाबाट राहात पाउँदा खुशी लागेको काठमाडौंमा पढ्ने विद्यार्थी भिमबहादुर रावलले भने ।    

“धेरै मान्छे कामको सिलसिलामा जिल्ला बाहिर छन् । लकडाउनका कारण घर आउन पाएनन् । जो जहाँ छ, त्यही पुगेर राहात वितरण गर्न लगाएका छौं। वडा अध्यक्षको सिफारिस अनुसार स्वयंसेवक छनौट गरेको र गाउँपालिकाको कार्यपालिका बैठकले पारित गरेको कार्यविधी अनुसार राहात वितरण गरेका छौ, “खप्तड क्षेडेदह गाउँपालिका का अध्यक्ष नरवहादुर रावतले भने, “कोरोना राहत कोषमा पचास लाख  रुपैंया छुट्याउन कार्यपालिकाले नीतिगत ब्यबस्था गरेपछि सोही कोषवाट राहात वितरण गरिरहेका छौं। कति बजेट खर्च भयो विल भर्पाई आएपछि थाहा हुन्छ।"

एक महिना लगाएर आफ्नो गाउँपालिका भित्रका प्रत्येक नागरिकको लगत संकलन गरि गाउँपालिका  भित्र, जिल्लामा बस्ने र जिल्ला वाहिर वसेका सबैको तथ्यांक उपलब्ध भएपछि खोजी खोजी राहात वितरण गरिएको रावतले बताए।

केही ब्यक्तीले नगद राहात दिए मात्र  बुझ्ने अडान लिएका छन् । यद्येपी राहात वितरण निर्देशिकामा नगद बाड्ने भन्ने ब्यबस्था छैन । सामाग्रीनै बाड्ने हो उपाध्यक्ष कुन्ती बुढाले भनिन् ।  

गाउँपालिकाले काठमाडौंका लागि थुमराज उपाध्याय,  मंगल नेपाली,  चेत थापा,  भीम रावत,  नरेश धामी, चन्द्र रावत र श्याम बुढालाई जिम्मेवारी तोकेको थियो भने धनगढीका लागि उपाध्यक्ष कुन्ती बुढा र वडा नं सातका वडा अध्यक्ष खगेन्द्र रावतलाई खटाइएको अध्यक्ष रावतले बताए ।  

यतिवेला बाजुराका नौवटै स्थानीय तहले जिल्ला बाहिर रहेका आआफ्ना नागरिकलाई राहातस्वरुप नगद तथा राहत सामग्री वितरण गर्न थालेका छन् । केही दिन यता जिल्ला बाहिरवाट बाजुरा आउनेको संख्या भने घटेको छ। यद्येपी किट लगायत स्वास्थ्य परिक्षण सामग्री नहुँदा दुई हप्ता यता चेकजांचै नगरी क्वारेन्टाइनवाट सिधै घर पठाउन थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ