arrow

ब्रतबन्धमा गएकी बालिकामाथि करणी

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
Child-rape.jpg.jpeg

दार्चुला ।  दार्चुलामा लकडाउनको समयमा एक १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ । जिल्लाको दुहुँ गाउँपालिका‐४ का ३२ वर्षीय गणेश लोथ्यालले व्याँस गाउँपालिका‐४ सुन्सेराकी १७ वर्षीया सपना (नाम परिवर्तत) गरिएकी बालिकामाथि जबरजस्तीकरणी गरेका हुन् ।

 बैशाख २९ गते विहान ४ बजेतिर ब्रतबन्धमा गएकी सपनालाई लोथ्यालले जबरजस्ती करणी गरेको पिडितका आफन्तले आरोप लगाएका छन् । 

साथै लोथ्यालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी विरुद्ध मुद्दा दर्ता गरिएको छ । 

पिडितका आफन्तले दिएको जाहेरीका आधारमा मंगलवार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । 

पीडित बालिका मानसिक रुपमा अपाङ्ग रहेको समेत उहाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ