arrow

उपराष्ट्रपति पुनको स्वाबको नमूना संकलन

logo
रासस,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
vice-presiddent-nanda_bahadur_pun.jpg

काठमाडौँ । संघीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ ।

संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ