कोरोना : ८ थपिएसंगै कपिलवस्तुमा २९ जना पुगे संक्रमित
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
411
Shares
कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो पटक संक्रमण पुष्टि भएका ८ जना सबै कपिलवस्तु नगरपालिकाका भएको पुष्टि भएको छ । कपिलवस्तु नगरपालिका जिल्ला सदमुकाम हो ।
जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार उनीहरु सबै कपिलवस्तु नगरपालिकाका हुन् । तौलिहवास्थित २ वटा क्वारेण्टाइनवाट लिइएको स्वावको परिक्षणवाट ८ जनाको नतिजा पोजेटिभ देखिएको हो ।
जस अनुसार बडा नं १ को २५ बर्षको महिला १ जना वडा ३ का २० र ३२ बर्षका पुरुष २ जना,वडा नं ४ का २५ वर्षका पुरुष वडा नं ५ का २६ वर्षका पुरुष वडा नं ६का २६ वर्षका पुरुष ,वडा नं ७ का १९ बर्षका पुरुष र वडा नं ८ का २५ वर्षका पुरुष रहेका छन् ।
एकैदिन नेपालमा अहिले सम्ममै सबैभन्दा ठूलो संख्या पहिलो पटक कोरोना संक्रमित थपिएका हुन् । योसंगै कुल १९१ जनामा संक्रमण पुष्टि भएको हो । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले १ वजे सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा पुनः ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
कपिलवस्तुवाट शनिवार पठाइएको २९० जनाको स्वाव परिक्षणमा वाँकी रहेका ३८ जनाको नतिजा आएको हो। योसंगै कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, बुद्धभूमी नगर पालिका, मायादेवि गाउँपालिका र शुद्धोधन गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो तीन दिनमा कपिलवस्तु र रुपन्देहीमा करिव १५ सय नागरिक नेपाल छिरेको बताइएको छ। तीमध्ये अहिलेसम्म करिव साढे तीन सय जनाको कोरोना परीक्षण भएको छ । कतिपय नागरिक कता छन भन्ने समेत पत्तो छैन ।
अझै रुपन्देही कपिलवस्तु सहित सिमाका जिल्लामा परिक्षण गरेमा सयौंको संख्यामा सक्रमित भेटिने स्थानीयले बताउँछन् । प्रदेश ५ मा हालसम्म ७० जना संक्रमित भएका छन् ।