विराटचौकमा प्रहरीमाथि आक्रमण, आक्रमण गर्ने सुकुनाका विधार्थी
प्रकाशित २०७७ वैशाख २९ सोमबार
779
Shares
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकामा विधार्थी र प्रहरी बिच विवाद भएको छ ।
आइतबार नेपाल तरुण दल, सुन्दरहरैचा नगर कमिटीद्वारा आयोजित विरोध कार्यक्रममा प्रहरीले कोण सभा गर्दै गर्दा रोके पछि विवाद सिर्जना भई विधार्थी र प्रहरी बिच धकेलाधकेल भएको छ ।
धकेला धकेल भए पछि ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ॠषीराज ढकालको हातमा सामान्य असर पुगेको छ ।
नेविसंघका मोरङको आगामी जिल्ला सभापतिका दावेदार होमनाथ पोखरेलको नेतृत्वमा गएको टोलीले प्रहरीलाई हातले धकेलेपछि प्रहरीले उक्त भिडलाई तितर बितर पारी कार्यक्रम रोकेको थियो ।
पोखरेलको नेतृत्वमा आएको टोली नेविसंघ सुकुना बहुमुखी क्याम्पसका सभापती विजय तोलागीं, नेवीसंघका विधार्थी पथरीका सुविन पराजुली र नेविसंघका सुकुनाका विधार्थी जीवन बस्नेतले प्रहरीलाई हातले धेकालेका थिए ।
विधार्थीले प्रहरी माथि एक्कासी आक्रमण गरे पछि ससस्त्र प्रहरी बल र प्रहरीले उक्त भिडलाई हटाएको थियो ।
प्रहरीलाई आक्रमण गर्ने पथरीका सुविन पराजुलीको बाइक भने ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार आन्दोलन गर्ने समुहलाई सामाजिक दुरी कायम गरि एकै ठाउमा कार्यक्रम गर्न अनुरोध गर्दा गर्दै लकडाउनमा समूह बनाई चोकमा भिड गर्ने भए पछि कार्यक्रम रोक्न खोज्दा प्रहरी माथि आक्रमण भएको बताएको छ ।